• २३ भदौ २०८३, मंगलबार
  • ११ः३१ बिहान

आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०५:०५

८ माघ २०७८, काठमाडौं : नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो ।

National Life

यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिने कम्पनीले बताएको छ । त्यस्तै, यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् ।


यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित रहेको कम्पनीको दाबी छ । ‘त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा लेखिएको छ । यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन् । नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो अफर यातायात÷ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर हो । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर हो । यो अफर ‘तपाईंको प्रगति, हाम्रो चाहना’ भन्ने कथन अनुसार छ । म हरेक व्यक्तिलाई चाँडोभन्दा चाँडो यो अफरको लाभ लिन आग्रह गर्दछु । साथै यो योजना सीमित संख्याका सवारी साधनमा मात्र लागू गरिएकोले बेलैमा बुकिङ गरी यसको लाभ लिन पनि अनुरोध गर्दछु ।’


इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीका लागि फोन नं. ९८०२०५७०७० मा सम्पर्क गर्नु सकिने छ ।

प्रतिकृया