• २५ भदौ २०८३, बिहीबार
  • ५ः२२ बेलुका

जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०८:०६

२८ माघ २०७८, काठमाडौँ : दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

National Life

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। ‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए। सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौं’, डिएसपी अर्यालले भने, ‘खोजी र अनुसन्धान जारी छ। शवलाई अस्पताल पठाइएको छ।’


इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो। बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ। तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालका अनुसार उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए। तर, क-कसको हताहत भयो भन्नेबारे सनाखत हुन बाँकी छ।

प्रतिकृया