• १८ असोज २०८३, आइतबार
  • १२ः४७ दिउँसो

राप्रपा पदाधिकारी बैठक आज बस्दै

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०७:०२

२७ माघ २०७८, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ। बैठक धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्। पछिल्लो समय पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुट, पार्टीलाई सम्भावित विभाजनबाट जोगाउनले र आगामी निर्वाचनमा सफलता कायम गर्ने विषयमा छलफल गर्ने तयारी रहेको उनले बताए।

National Life

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने र देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुने बताइएको छ ।


पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। थापा समूहका केही नेताले राप्रपा परित्याग गर्ने क्रम जारी रहेको छ। उनीहरुले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य गरिरहेका बुझिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया