• 1:43 pm

अक्षय र टाइगरको ‘बडे मिया चोटे मिया’ घोषणा

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०७:४३

२५ माघ २०७८, काठमाडौँ : बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् ।


अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन् ।


अब अली अब्बास जफरको निर्देशनमा अर्को एक्सन चलचित्रको घोषणा गरिएको छ । बलिउडमा अहिलेसम्मकै उत्कृष्ट एक्सन समावेश गरिएको चलचित्रको रुपमा ‘बडे मिया छोटे मिया’ निर्माणको घोषणा भएको छ ।


यो चलचित्रमा बलिउडका दुई जेनेरेसनका एक्सन अभिनेता अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहनेछ । बासु भागनानी, ज्याकी भागनानी र दीपशिखा देशमुखको लगानीमा यो चलचित्र बन्नेछ ।

प्रतिकृया