• २३ भदौ २०८३, मंगलबार
  • १ः५२ दिउँसो

दोहोरो अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ माघ २६ गते, बुधबार ०३:२१

२६ माघ २०७८, काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचकमात्रै नभएर कारोबार रकम समेत सुस्ताएको छ ।

National Life

सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ ।


दिनभर ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन ।

प्रतिकृया