जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा कान्ति राना पक्राउ
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०२:१०
२६ माघ २०७८, काठमाडौं : जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् ।
धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।
उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया