• 11:02 am

प्रचण्ड माथि खनिय बाबुराम : भित्र खाओवाद, बाहिर माओवाद

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०८:२१

२४ माघ २०७८, काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भित्र खाओवाद, बाहिर माओवाद’ भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ भनेका हुन् ।


कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।


नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न् ।

प्रतिकृया