• २४ भदौ २०८३, बुधबार
  • १२ः०८ राती

बालुवाटारमा एमसीसीबारे एमालेले राख्यो यस्तो धारणा

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०७:०३

२३ माघ २०७८, काठमाडौँ : नेकपा एमालेले एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ। सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले पनि आफ्नो धारणा ल्याउने बताएको हो ।

National Life

यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसीसी पारित हुनुपर्ने धारण राख्दै आएको भएपनि सत्ताबाट बाहिरिएपछि भने एमसीसीबारे सत्तापक्षलाई नै दोष थोपरेर पन्छिने प्रयास गर्दै आएको जस्तो देखिन्छ । आइतबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए ।


‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ’, उनले भने, ‘सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन’, उनको भनाइ छ, ‘सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया