एमाले जनसंगठन समन्वय संयन्त्रद्धारा आन्दोलनको घोषणा
प्रकाशित मिति
२०७८ माघ १६ गते, आईतवार ०४:४८
स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न माग
२०७८ माघ १६ भक्तपुर : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी एमालेका भ्रातृ संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

भक्तपुरको गठ्ठाघरमा बसेको संयन्त्रको बैठकले सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लागेको ठहर गर्दै आन्दोलनको घोषणा गरेको हो ।बैठकले २२ वटै जनसंगठनलाई परिचालन गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ ईन्चार्ज महेश बस्नेतले बताए ।

एमालेसम्बद्ध २२ वटै जनबर्गीय संगठनले सोमबारसम्म निर्वाचनको मिति घोषणा गर्न सरकारलाई अल्टिमेटम दिंदै भोली र पर्सि ७७ वटै जिल्ला प्रशासन घेराउ गर्ने ,प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र माईतीघर मण्डलामा धर्ना दिने लगायत निर्णय गरेको युवा संघ ईन्चार्ज महेश बस्नेतले बताए ।
संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेर निर्वाचन घोषणा गर्न दबाब दिने र माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।बैठकले २२ वटै संगठनले आआफ्नो तर्फबाट बिज्ञप्ति निकालेर बिरोध गर्ने निर्णय गरेको छ । बिशेषगरी बैठकले चुनाब सार्ने र टार्ने सरकारको षडयन्त्रप्रति आपत्ति जनाएको छ भने प्रधानमन्त्रीले राष्ट्रपतिसँग भएको कुरालाई गठबन्धनको बैठक मार्फत एक्सपोज गर्नु दुभाग्र्यपुर्ण भएको निष्कर्ष निकालेको बस्नेतले बताए ।
यसैगरी बैठकले सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरे यो अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने समेत माग गरेको उहाँले बताउनुभयो ।सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे आन्दोलन संयोजन समितिको बैठक बसी थप निर्णय गर्ने भएको छ ।
आन्दोलन समितिको संयोजकमा जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल र सबै जनसंगठनका ईन्चार्ज र अध्यक्ष सहित ४५ जना रहेका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सोमबारसम्म निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
महँगी, भ्रष्टाचार,स्वास्थ्य सामग्री हिनामिना, खस्किदो अर्थतन्त्र लगायतका विषयलाई समेत समेटेर निर्वाचनको घोषणा गर्न माग गर्दै जिल्ला प्रशासन घेराउ गर्ने र प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय बैठकले गरेको हो । अध्यक्ष केपी र्मा ओलीको निर्देशन लगत्तै शनिबार जनसंगठन समन्वय संयन्त्रको बैठक बसेर आन्दोलनको घोषणा गरेको हो ।




प्रतिकृया