• २२ भदौ २०८३, सोमबार
  • ३ः४६ दिउँसो

नक्कली परिक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरू पक्राउ

प्रकाशित मिति

२०७८ माघ ९ गते, आईतवार ०६:०७

९ माघ २०७८, काठमाडौँ : चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडिरएमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

National Life

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परिक्षर्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका-८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङ काठमाडौंबाट पक्राउ गरेको हो ।


उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया