• २६ भदौ २०८३, शुक्रबार
  • ४ः०४ बिहान

लोसपाको कार्यकारिणी बैठक ५ महिना बित्दा पनि बस्न सकेन

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०१:११

२९ पुस २०७८, काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

National Life

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।


गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् ।३१ सदस्यीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया