• २६ भदौ २०८३, शुक्रबार
  • १ः२३ राती

नवलपरासीले ग-यो घरको नक्सा अनलाइनबाटै दर्ता प्रक्रियाको सुरुआत

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ११:११

२९ पुस २०७८, काठमाडौँ : जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकाले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ ।

National Life

नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताए ।


सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि यही पुस ५ गते नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बीच भएको सहमति अनुरुप एनसेटले घर नक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको पुनले बताए । सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर कपिल भट्टराईले घरनक्सा कार्यान्वयनको आवश्यकता र औचित्यबारे प्रष्ट पारेका थिए ।


उनले घरमै बसेर अथवा इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत घरको नक्सा दर्ता तथा स्वीकृतको अनुमतिको काम हुने भन्दै प्रक्रियाबारे बताए । घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिँड्नुपर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउनेसमेत जानकारी दिए ।

प्रतिकृया