• २७ भदौ २०८३, शनिबार
  • १२ः४९ दिउँसो

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर ?

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०९:३७

२९ पुस २०७८, काठमाडौँ : बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो।

National Life

पासपोर्टको बरियताले यात्राको स्वतन्त्रतालाई पनि संकेत गर्छ। नेपालको पासपोर्ट बंगलादेश, कोसोभो, लिबिया तथा उत्तर कोरियाभन्दा पनि कमजोर रहेको बुधबार जारी गरिएको बरियता सूचीमा उल्लेख छ। एक सय ९९ देशको पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट १०५ औँ स्थानमा परेको हो। नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर देखिएको छ। नेपाल र प्यालेस्टाइनको पासपोर्ट १०५ औँ स्थानमा हुन्। सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानका पासपोर्ट पनि कमजोर रहेको उल्लेख छ।


विश्वकै बलियो पासपोर्टको सूचीको पहिलो नम्बरमा जापान र सिंगापुर रहेका छन्। जर्मनी र दक्षिण कोरिया दोस्रो नम्बरमा रहँदा फिनल्याण्ड, इटाली, लग्जेम्बर्ग र स्पेन तेस्रो वरियतामा छन्। अस्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स र स्वीडेन चौथो तथा आयरल्याण्ड र पोर्चुगल पाँचौं वरियतामा रहँदा बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्वीट्जरल्याण्ड, बेलायत र अमेरिका वरियताको छैटौं स्थानमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हवाई यातायात एसोसियसनले उपलब्ध गराएको तथ्यांकको विश्लेषण गरी हेन्ली पासपोर्ट इन्डेक्स जारी गरिएको एन्डी एण्ड पार्टनर्सले जनाएको छ।

प्रतिकृया