• २८ भदौ २०८३, आइतबार
  • ११ः१७ राती

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ९४ हजार थपिए नयाँ कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०१:१५

२८ पुस २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका करिब २ लाख १ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । मंगलबारको तुलनामा १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

National Life

मंगलबार भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए। कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै दैनिक नयाँ संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो।


भारतमा कोरोनाको संक्रमणदर पनि ११.०५ प्रतिशत रहेको देखिएको छ। एकैदिन भारतमा ४४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ हजार ८६८ जनामा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया