• २८ भदौ २०८३, आइतबार
  • ११ः०८ बिहान

एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार १०:३६

२८ पुस २०७८, काठमाडौँ : नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो ।

National Life

तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो ।


अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ । एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः मतदान गराउनेबारे प्रयास भइरहेको बताइएको छ । नेताहरुले निर्वाचन मण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया