• १८ असोज २०८३, आइतबार
  • ११ः१२ बिहान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाँडै : मन्त्री आले

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०८:५०

२५ पुस २०७८, काठमाडौँ : स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताएका छन्। मन्त्री आलेले शनिबार विमानस्थलको अनुगमन गरेका थिए। उक्त क्रममा उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबीका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए।

National Life

मौसममा सुधार आउनेबित्तिकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने उनले जानकारी दिए। ‘क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’, मन्त्री आलेले भने, ‘मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौँ।’ क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठीक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ।


मन्त्री आलेले विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत निर्देशन दिएका छन्। यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भइरहेको बताए। ‘क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ’, उनले भने, ‘उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल कुल ८०० बिघा रहेको छ।

प्रतिकृया