• १८ असोज २०८३, आइतबार
  • १०ः२२ बिहान

मोटरबोटमाथि खस्यो झरनाको ढुंगा, ७ जनाको मृत्यु, ९ जना घाइते

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०८:३५

२५ पुस २०७८ काठमाडौँ : ब्राजिलमा झरनाको तल चलिरहेका मोटरबोटमा चट्टान खस्दा कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ९ जना घाइते भएको र तीनजना बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको झरनाको अघिल्लो मोहडाको चट्टान टुक्रिएर शनिबार तालमा चलेको मोटरबोटमाथि खसेको थियो।

National Life

मिनास गेराइस राज्यको क्यापिटोलियामा रहेको झरनाको अघिल्लो भागको चट्टानको पर्वत खस्दा तालमा ठूलो छाल उत्पन्न भएको थियो। चट्टानले दुईवटा डुंगामा क्षति गरेको र अरु डुंगाहरु छालका कारण दुर्घटनामा परेका थिए।

प्रतिकृया