• ९ असोज २०८३, शुक्रबार
  • २ः५७ राती

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०७:३१

२३ पुस २०७८, काठमाडौँ : नेपाल प्रहरीका ८२६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी तर्फ एसएसपीहरुको सरुवा भएको हो । उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

National Life

श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसीमा, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नल प्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान व्यूरो उपप्रमुख नक्सालमा, भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।


(यसअघि समाचारमा २४ जना एसएसपीको सरुवा भएको उल्लेख गरिएकाले सच्याइएको छ । सं.)

Classic Tech Mobile
Classic Tech Desktop



प्रतिकृया