• ७ असोज २०८३, बुधबार
  • ६ः१८ बिहान

अस्ट्रियामा बन्यो नयाँ कानुन अरूको सहयोगमा आत्महत्या गर्न पाउने

प्रकाशित मिति

२०७८ पुष १९ गते, सोमबार १२:०७

१९ पुस २०७८, काठमाडौँ :  मध्य युरोपेली मुलुक अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ। असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन्।

National Life

संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्‌ले यस सम्बन्धी कानुन बनाएको थियो। तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ। आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ।


मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजून् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन्।आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन। यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ। नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ।


आफ्नो जीवन अन्त्य गर्न चाहने वयस्कहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेर आफ्नो निर्णय आफैँ लिन सक्षम भएको निश्चित गर्नुपर्नेछ। दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरूले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म पर्खिनुपर्नेछ। निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ।


यो प्रतीक्षा अवधिपछि पनि आत्महत्या रोज्न दृढ देखिए उनीहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि लिन पाउँछन्। प्राणघातक औषधिको दुरुपयोग रोक्न मानिसहरूले आत्महत्याको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ। यस्ता औषधि पसलहरूलाई आफ्नो विज्ञापन गर्न समेत रोक लगाइएको छ। (बीबीसी)

प्रतिकृया