• ४ असोज २०८३, आइतबार
  • ३ः३४ दिउँसो

सेन्ट्रल जोन महिला भलिबल : नेपालको लगातार दोस्रो जित

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:१७

९ पुस २०७८, काठमाडौं : बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।

National Life

शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो ।


२ जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

प्रतिकृया