• ७ असोज २०८३, बुधबार
  • २ः०५ दिउँसो

आजदेखि ५०० दरको नयाँ नोट बजारमा

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार १२:१५

९ पुस २०७८ , काठमाडौं :  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित ५०० दरको नयाँ नोट शुक्रबारदेखि बजारमा आएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले शुक्रबार गभर्नर अधिकारीले हस्ताक्षर गरेको रु. ५०० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा आएको बताएको हो ।

National Life

बैंकले रु.५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञासहितको नोट चलनचल्तीमा ल्याएको हो ।


यद्यपि, साविककै आकार तथा रङ्गमा नोट उपलब्ध हुने जनाइएपनि नयाँ नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने बैंकले जनाएको छ । ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु साविकै (हाल भइरको) हुने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि २०७५, बैशाख १२ गतेदेखि रु.५०० दरका संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनि सूचना प्रकाशित गरिएपनि बैंकले सङ्केत नं.ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र नोट चलनचल्तीमा ल्याएको थियो । सोही कोटाको बाँकी नोट गर्भनर अधिकारीको हस्ताक्षरसहित बजारमा ल्याइएको हो ।

प्रतिकृया