• १७ असोज २०८३, शनिबार
  • १०ः५४ बिहान

प्रदेश २ को सभापतिमा देउवा पक्षीय यादव निर्वाचित

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०७:३७

९ पुस २०७८ , काठमाडौं : नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो ।

National Life

तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।


१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारीको मतगणना हुँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया