• १७ असोज २०८३, शनिबार
  • ८ः४२ बिहान

माओवादी राष्ट्रिय सम्मेलन २ विषयमा केन्द्रीत हुन्छ : महरा

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०३:३४

राष्ट्रिय वा अन्तर्राष्ट्रिय अतिथिहरू कसैलाई पनि बोलाउँदैनौं

National Life

७ पुस २०७८ काठमाडौं: नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर माओवादीको राष्ट्रिय सम्मेलन मुख्य २ विषयमा केन्द्रीत हुने बताएका छन्। उक्त सम्मेलन पुस ११ देखि काठमाडौंमा सुरू हुने भएको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महराले यस सम्मेलन महाधिबेशन नभएको भन्दै उक्त अभिक्यति दिएका हुन् ।


‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौंस् क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’

Classic Tech Mobile
Classic Tech Desktop

क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने उनले बताए। त्यस्तै नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि के गर्नु पर्छ भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा बहस उनले बताए।


‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं। त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य गर्‍यौं। अहिले हामी किन यो अवस्थामा छौं भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौं।’


‘यी विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनमा प्रतिवेदन पेस गर्ने र बहसबाट एउटा टुंगोमा पुग्ने उनले बताए।


माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। महराले सम्मेलनमा झन्डै १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए।


‘महाधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले राष्ट्रिय वा अन्तर्राष्ट्रिय अतिथिहरू कसैलाई पनि बोलाउँदैनौं,’ महराले भने।

प्रतिकृया