• १७ असोज २०८३, शनिबार
  • ८ः४२ बिहान

६ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको भ्रुण फेला, चराको पुर्वज डाइनोसर भन्नेमा थप बल

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०८:५५

७ पुस, २०७८ काठमाडौँ : वैज्ञानिकहरुले चीनमा पूर्ण रुपमा सुरक्षित गरिएको डाइनोसरको भ्रुण फेला पारेको बताएका छन्। कुखुराको जस्तै अण्डा (फुल) बाट बच्चा कोरल्ने बेलाको डाइनोसरको भ्रुण फेला पारिएको वैज्ञानिकहरुले बताएका हुन्। चीनको दक्षिणी प्रान्त ग्वान्झाओ प्रान्तमा अनुसन्धानको क्रममा वैज्ञानिकले डाइनोसरको भ्रुण फेला पारेका हुन्। सो भ्रुण कम्तीमा ६ करोड ६० लाख वर्ष पुरानो रहेको आँकलन वैज्ञानिकहरुले गरेका छन्।

National Life

फेला परेको भ्रुण दाँतविहीन थेरापोड डाइनोसर वा ओभराप्टोरोसरको रहेको विश्वास गरिएको छ। वैज्ञानिकले सो भ्रुणको नाम बेबी यिङलियाङ राखेका छन्। अनुसन्धानकर्ता डा फिअन वाइसुम माले भनेका छन्, ‘यो इतिहासमै फेला परेको सबैभन्दा उत्कृष्ट डाइनोसर भ्रुण हो।’ भ्रुणको अध्ययनबाट डाइनोसर र आधुनिक समयका चराबीचको सम्बन्धबारे बुझ्न विशेष सहयोग गरेको अनुसन्धानकर्ताले बताएका छन्।


फेला परेको डाइनोसरको भ्रुण चराका बच्चा कोरल्नुपूर्व जस्तो अवस्थामा रहेको वैज्ञानिकले बताए। डा. माले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यसले अहिलेका चराका पुर्वज डाइनोसर रहेको हुन सक्नेमा थप बल पुगेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया