• 4:42 pm

मोदी र सिंहको फरक फरक भाषणमा भारतीय जनता प्रतिको प्रेम प्रकट

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०८:४७

२९ मंसिर, एजेन्सी : भरतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार १ लाखभन्दा बढी निक्षेपकर्ताहरूले वर्षौंदेखि रोकिएको १३ सय करोड रुपियाँभन्दा बढी रकम फिर्ता पाएको बताएका छन् ।


आरबीआई बैंकले १६ वटा शहरी सहकारी बैंकहरूलाई प्रतिबन्ध गरेको थियो जसको निक्षेपकर्ताले रकम फिर्ता पाउन दावी पेस गरेका थिए । निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी कर्पोरेसनले हालै अन्तरिम भुक्तानीको पहिलो किस्ता जारी गरेको छ, जसका बारे जानकारी दिदैं उनले भनेका छन् – ‘पछिल्ला केही दिनमा एक लाखभन्दा बढी निक्षेपकर्ताले वर्षौंदेखि रोकिएको पैसा फिर्ता पाएका छन् । यो रकम १३ सय करोड भन्दा बढी छ ।’


नयाँ दिल्ली मा ‘पहिलो प्राथमिकता निक्षेपकर्ताः ५ लाखसम्म समयबद्ध निक्षेप बीमा भुक्तानी’ कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनको‌ क्रममा जानकारी दिएका थिए । उनले ‘पहिलो प्राथमिकता निक्षेपकर्ता’ को भावना निकै सार्थक रहेको बताए । प्रधानमन्त्रीले कुनै पनि देशले समस्याको समयमै समाधान गरेर मात्रै समस्या विकराल हुनबाट जोगाउन सक्ने बताएका छन् ।


यसैगरी भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानले आतंकवाद र अन्य भारत विरोधी गतिविधिलाई बढावा दिएर भारतको शान्तिलाई भंग गर्न खोजेको बताएका छन् ।



‘भारतीय सेनाले सन् १९७१ मा तिनीहरूको योजना विफल पारेको थियो र आतंकवादलाई जराबाट हटाउने काम भइरहेको छ । हामीले प्रत्यक्ष युद्धमा जितेका छौं र अप्रत्यक्ष युद्धमा पनि जित हाम्रै हुनेछ,’ उनले नयाँ दिल्लीको इन्डिया गेटमा आयोजित भारत–पाक १९७१ युद्ध मा सशस्त्र सेनाको वीरता र व्यावसायिकता र बंगलादेश स्वतन्त्रतामा उनीहरूको योगदानको स्मरण गर्ने कार्यक्रम ‘स्वर्णिम विजय पर्व’ को उद्घाटन गरेपछि उनले भनेका छन् ।


उनले बताएका छन्, ‘यो युद्धले धर्मको आधारमा भारतको विभाजन ऐतिहासिक गल्ती थियो भनी बताउँछ । पाकिस्तान एउटै धर्मको नाममा जन्मियो तर एउटै रहन सकेन । रक्षामन्त्रीले योजना, तालिम र मिलेर लड्नुको महत्वलाई जोड दिँदै सन् १९७१ को युद्धलाई तीनवटा सेनाबीचको एकता र एकीकरणको ज्वलन्त उदाहरणका रूपमा वर्णन गरेका छन् ।


उनले १९७१ को युद्ध विजयलाई मानवताको भावना र सारा पृथ्वीलाई आफ्नो परिवार मान्ने र सधैँ सत्य र न्यायको पक्षमा उभिने देशमा बसोबास गर्ने भारतीयहरूको विश्वव्यापी भ्रातृत्वको प्रतीक भएको पनि बताएका छन् ।

प्रतिकृया