सिद्धार्थ बैंकको सीईओमा कडेल नियुक्त
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार १२:१८

२८ मंसिर २०७८, काठमाडौं सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।
योसँगै सीईओ कडेलले अब २०७८ मंसिर २७ गतेदेखि चार वर्ष बैंकको नेतृत्व सम्हाल्नेछन् । यसअघि उनी सोही बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (डपुटी सीईओ) रहेका थिए । गत साउन, २०७८ मा कडेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।
गत साउनमा नै बैंकका निवर्तमान सीईओ शम्भुनाथ गौतमको कार्यकाल समाप्त भएसँगै उक्त पद खाली रहँदै आएको थियो । करिब चार महिनापछि बैंकले नयाँ सीईओ पाएको हो ।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया