• १७ असोज २०८३, शनिबार
  • ४ः३८ बेलुका

बेलायतले सरकार द्वारा भूपू गोर्खालाई भारतले भन्दा बढी पेन्सन दिने प्रतिबदता

प्रकाशित मिति

२०७८ मंसिर २५ गते, शनिबार ०८:३९

मंसिर २५, काठमाडौं : बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएकोभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिकसरह पेन्सन दिन नसकिने बेलायतको अडान छ।

National Life

बेलायती रक्षा मन्त्रालयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ। सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ।


बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिकलाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ। तर, पूर्व गोर्खाहरुले बेलायती सैनिकसरह पेन्सन पाउनुपर्ने माग गर्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो। तर त्यो कार्यान्वयनमा आउन सकेन। २१ वर्षपछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो। लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो।

प्रतिकृया