• १८ असोज २०८३, आइतबार
  • ६ः३६ बिहान

माग पुरा नभए लोसपा ज्वालामुखी जस्तो विस्फोट हुने महन्थ ठाकुरको चेतावनी

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:५०

२४ मंसिर २०७८, काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरूले संविधानमा असन्तुष्टि जनाउँदै विगतदेखि आन्दोलन गर्दै आएको तर अझै सो माग पुरा नभएको बताए । ठाकुरले माग पूरा नभए लोसपा ज्वालामुखी जस्तो विस्फोट हुने चेतावनी समेत दिएका छन् ।

National Life

काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले आफूहरूको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरेको जिकिर गरे । ‘हामीहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले गोली चलायो, त्यसले धनजनको ठूलो क्षति भयो,’ उनले भने ।


पार्टीका सांसद रेशम चौधरी टिकापुरको घटनामा जेलमा छन् । उनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ,ु उनले भने, महोत्तरीमा पनि आन्दोलनको कारण ५३ जनामाथि मुद्दा चलेको छ । थुप्रै नेताहरू तारेखमा रहेको बताउँदै उनले १३९ जनामाथि लगाइएको मुद्दा फिर्ता भएकोमा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीलाई धन्यवाद दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आन्दोलनका लागि २० लाख जनता उतार्ने चेतावनी समेत दिए । देवताले समुन्द्र मन्थन गरेर अमृत प्राप्त गरेका थिए त्यसरी नै जनमन्थन गरेर ऊर्जा प्राप्त गर्न काँग्रेस पार्टीलाई उनले शुभकामना दिए । काँग्रेसका पूर्व नेता समेत रहेका लोसपाका अध्यक्ष ठाकुरले सरकारको स्थिरता हुँदा सरकारका विभिन्न अङ्गहरू प्रभावित हुने गरेको धारणा राखे ।

संसद् प्रभावित भएको कारण सरकारका विभिन्न काम प्रभावित भएको बताउँदै उनले अदालत पनि प्रभावित भएको छ, त्यसले जनताको काम पनि प्रभावित भएको स्मरण गराए । उनले भने, ुदुनियाँको समस्या समाधान गर्ने सर्वोच्च अदालतले आफ्नो समस्या आफै समाधान गर्नुपर्छ ।’

प्रतिकृया