• १७ असोज २०८३, शनिबार
  • १२ः०५ दिउँसो

भारतबाट बैतडीमा फर्किदा ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार १२:१५

२० मंसिर २०७८, काठमाडौं: भारतबाट बैतडी फर्किने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा राखिने भएको हो ।

National Life

कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ ।

प्रतिकृया