• १७ असोज २०८३, शनिबार
  • १०ः२० बिहान

गोली लागेर तनहुँमा युवकको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार १०:२५

२० मंसिर २०७८, काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँको १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएके छ ।

National Life

शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न जाँदा उक्त घटना घटेको हो । । गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको परुहरीले नजाएके छ । ‘दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ एक प्रहरीले भने ।


प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया