• १७ असोज २०८३, शनिबार
  • ९ः५३ बिहान

सरकारले थाल्यो कोरोनाविरुद्ध ‘बुस्टर’ डोज दिने तयारी

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०७:२५

मंसिर २०, २०७८ , काठमाडौं : ओमिक्रोन भेरियन्ट छोटो अवधिमा विश्वका विभिन्न राष्ट्रमा देखिएपछि वृद्धवृद्धा तथा दीर्घरोगीलाई विभिन्न मुलुकले खोपको बुस्टर डोज दिइरहेका छन्। यसैगरी नेपाल सरकारले कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो ।

National Life

आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी ९क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिकलाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।


सरकारले पूर्ण जनसङ्ख्यालाई कोरोनाविरुद्ध खोपको पहुँचमा नपुर्‍याइकनै बुस्टर डोजको तयारी गरेको छ । यद्यपि नेपालको कुल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप २८ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो मात्रा खोपको विषयमा छलफल गरिरहँदा अमेरिकाले पहिलो÷दोस्रो मात्रा खोप लगाएका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको छ । इजरायलले सबैभन्दा अघि आफ्ना दीर्घरोगी, वृद्धवृद्धालाई बुस्टर खोप दिएको हो । यस्तै, यूएई, चीन, चिली, उरुग्वे, थाईल्याड, फ्रान्स, जर्मनी लगायतका राष्ट्रले बुस्टर खोप दिइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका दीर्घरोगीलाई बुस्टर डोज दिने योजना बनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यता चीनले भेरोसेल खोपको दुई मात्रा पूरा गरेको तीन महिनापछि ६० वर्षमाथिका नागरिकले बुस्टर डोज लगाउन मिल्ने बताउँदै आएको छ ।


विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ सबै देशले आफ्ना जनताको जीवनरक्षा गर्न पाउनुपर्ने भन्दै बुस्टर खोपको विषयलाई चाहेर पनि स्वीकार गर्न नसकिने बताएको थियो तर, डब्ल्यूएचओले आफ्नो राष्ट्रका पूर्ण जनसंख्यालाई खोप लगाइसकेपछि एन्टीबडी कम भएका दीर्घरोगीलाई तेस्रो मात्रा दिन सकिने बताउँदै आएको छ । डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्नेमा जोड दिने गरेको छ ।

प्रतिकृया