• 8:11 am

राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गर्न १ लाख, रकम महाधिवेशन व्यवस्थापनमा खर्च गरिने

प्रकाशित मिति

December 3, 2021

१७ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष पदमा उम्मेदवारी दिँदा एक लाख रूपैयाँ शुल्क लाग्ने भएको छ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन्।


यस्तै उपाध्यक्षका लागि दर्ता शूल्क ७५ हजार र महामन्त्रीका लागि ५० हजार र सदस्य पदका लागि १५ हजार दर्ता शूल्क लाग्ने निर्वाचन समितिका सदस्य राजु बस्नेतले मातृभुमीलाई जानाकारी दिएका छन् ।


उठेको रकम महाधिवेशन व्यवस्थापनमा खर्च गरिने पार्टीले जनाएको छ।


मनोनयन दर्ता आज र भोलि मतदान हुनेछ।

प्रतिकृया