• १८ असोज २०८३, आइतबार
  • ११ः१८ बिहान

किन हटाइयो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०५:२२

१५ मंसिर २०७८, काठमाडौं : भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड विवादमा आएको छ ।

National Life

१२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘कौन बनेगा करोडपति’ले विवादित एपिसोडसँगै एक हजार एपिसोड पूरा गरेको छ । तर, चर्को विवादका कारण उक्त एपिसोड सबै प्लेटफर्मबाट हटाउनुपर्‍यो ।


अमिताभ बच्चनले होस्ट गर्दै आएको कौन बनेगा करोडपति १३ ले हालै ‘स्टुडेन्ट स्पेसल विक’ सुरु गरेको थियो । जसमा एक किशोरीले आँखामा पट्टी लगाएर सुँघेरै किताब पढ्न सक्ने दाबी गरेकी थिइन् । टिमले यो एपिसोडको प्रोमो पनि रिलिज गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ती किशोरीका अभिभावकले पनि आफ्नी छोरीलाई ‘मिड ब्रेन एक्टिवेसन’को तालिम गराएको दाबी गरेका छन् । तर, यो एपिसोड चर्को विवादमा तानियो ।


त्यससँगै फेडरेसन अफ इन्डियन रेस्नालिस्ट एसोसिएसनका अध्यक्ष नरेन्द्र नायकले आपत्ति जनाए । नरेन्द्र नायकले सोनी च्यानललाई खुला पत्र पठाउँदै ‘मिड ब्रेन एक्टिवेसन’को प्रयोग गर्दै अभिभावकलाई मूर्ख बनाइरहेको भन्दै यस्ता कुरा राष्ट्रिय टेलिभिजनले प्रवद्र्धन गर्दा देशको मजाक हुने उनको भनाइ थियो ।


नरेन्द्र नायकको खुला पत्रपछि च्यानलले आफ्नो सबै प्लेटफर्मबाट उक्त एपिसोड हटाएको हो । (नवभारत टाइम्सबाट )

प्रतिकृया