• २१ असोज २०८३, बुधबार
  • ७ः४१ बिहान

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०३:५९

१५ मंसिर २०७८, काठमाडौं : अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् ।

National Life

मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते बन्दुकको प्रयोग गरी १५–२० राउण्ड गोली चलाएको आशंका गरिएको छ ।


घटना भएको ५ मिनेटपछि नै उनले प्रहरी समक्ष आत्म समर्पण गरेका थिए । घटना उनी एक्लैले गराएको बताइएको छ । ती बालकले घटना किन घटाए र अन्य के कारण रहेको छ भन्ने अध्ययन भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया