खोटाङको सुर्के जहाँ फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन
प्रकाशित मिति
२०७८ मंसिर १४ गते, मंगलवार ०६:०३
१४ मंसिर २०७८, काठमाडौं : खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के) मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।
गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएको स्थानीयको दुखेसो छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेको उनीहरूको भनाइ छ ।

टेलिकमको टावरमा चढ्छन् स्थानीय

वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् ।
विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेको छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् ।कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलो गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए ।




प्रतिकृया