• १८ असोज २०८३, आइतबार
  • १०ः०९ बिहान

सुवास नेम्वाङलाई फकाउँदै शेरधन राई

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०३:२७

१२ मंसिर २०७८, काठमाडौं : वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका एमाले दलका उपनेता सुवास नेम्वाङलाई ब्याक गराउन नसकेपछि अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई लगाउन थालेका छन्।

National Life

ईश्वर पोखरेलसँगै वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका नेम्वाङलाई ओलीले राष्ट्रपतिसम्मको लोभ देखाएका थिए। तर उनले सजिलै पछि नहट्ने अडान लिएका छन्।


यस्तो अवस्थामा ओलीले नेम्वाङसँग आइतवार मध्यान्ह पनि करिब १० मिनेट संवाद गरेका छन्। तर त्यहाँ पनि उनले आफू पछि नहट्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नेम्वाङ पार्क सफारीमा ओलीलाई भेट्न आएका बेला प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई पनि त्यहाँ आइपुगेका थिए।

स्रोतका अनुसार ‌ओलीले प्रदेश १ का नेम्वाङलाई फकाउन त्यहीँका राईलाई लगाएका हुन्।


राईले समेत नेम्वाङलाई वरिष्ठ नेताबाट ब्याक गराउन ओलीले भने अनुसार अन्य प्रस्ताव अघि सारेको स्रोतले बताए। तर नेम्वाङ अहिलेसम्म टसमस भएका छैनन्।

साँझसम्म पदाधिकारी टुंगिएर घोषणा हुन्छ

नेम्वाङलाई मनाउन सक्रिय राईले आइतवार साँझ ७ बजेसम्म पार्टी पदाधिकारीहरूको टुंगो लागिसक्ने बताएका छन्।

सर्वसम्मतको पक्षमा रहेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीमा नेताको व्यवस्थापन गर्न लागि मिलाउन व्यस्त रहेका बेला उनीनिकट राईले यसो भनेका हुन्।


अवस्था सामान्य रहेमा साँझ ७ बजेसम्म पदाधिकारी तय हुन सक्छु, उनले भने, आजै मध्यराति १२ बजेसम्म सबै टुंगो लागेर नयाँ नेतृत्व घोषणा हुन्छ होला।

उनका अनुसार अहिलेसम्म नयाँ पदाधिकारीको टुङ्गो लागिसकेको छैन। तर ३०१ केन्द्रीय सदस्य पदमा नै सर्वसम्मति बनाउने प्रयास भइरहेको छ।रावल र ओलीबीच अन्य नेताले संवादको काम गरिरहेका छन् उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास छ उनले भने।

प्रतिकृया