• १८ असोज २०८३, आइतबार
  • १०ः४४ बिहान

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, शेयर बजारमा ‘प्यानिक सेल’

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०३:२६

१२ मंसिर २०७८, काठमाडौं : साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।

National Life

समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९ अंकले घछटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ । ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।


मौद्रिक नीतिको समीक्षमा शेयर धितो कर्जामा राष्ट्र बैंक लचक हुने अपेक्षा शेयर लगानीकर्ताको थियो । तर राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयमा केही बोलेन । अनपेक्षित रुपमा मौद्रिक नीतिको समीक्षा आएपछि लगानीकर्ताहरुले आत्तिएर शेयर बिक्री (प्यानिक सेल) गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया