म अध्यक्षमै उम्मेदवारी दिन्छु, पदाधिकारी वृद्धिसँग यसको कुनै सम्बन्ध छैनः भीम रावल
प्रकाशित मिति
२०७८ मंसिर ११ गते, शनिबार ०९:५५

१० मंसिर २०७८, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले आज पार्टी अध्यक्षमा मनोनयन दाखिला गर्ने स्पष्ट पारेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीको पदाधिकारी बढाउने प्रस्ताव र आफ्नो उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको पनि बताए ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने, “केन्द्रीय कमिटीको पदाधिकारी बढाउने प्रस्ताव र मेरो अध्यक्षको उम्मेदवारीबीचमा कुनै सम्बन्ध छैन । म कसैको विरुद्धमा उठ्न लागेको होइन । म आज आफ्नो मनोनयन दाखिला गर्छु ।”
दसौं महाधिवेशन केपी ओलीमय भइसकेको अवस्थामा तपाईंको उम्मेदवारी किन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “देशभरिका जनता कुनै व्यक्तिलाई अध्यक्ष बनाउन आएका होइनन् । महाधिवेशन केपी ओलीमय भएको भन्ने तपाईंको व्याख्या हो । मैले मुलुक र एमालेलाई अघि बढाउने १२ उद्देश्य र लक्ष्य र १५ मान्यता तपाईंकै रिपोर्टर्स क्लबमा घोषणा गरेका होइन र ?”
उपाध्यक्ष रावलले आफूलाई कसैले पनि अध्यक्ष उम्मेदवारी नदिनोस् नभनेको पनि स्पष्ट पारे । उनले थपे, “उपाध्यक्ष त म अहिले नै छु । त्यो मलाई कुनै व्यक्तिले बनाएको होइन । मलाई अध्यक्षमा उम्मेदवारी नदिन कसैले त्यस्तो आग्रह गरेको पनि छैन ।” पार्टीले समूहगत रुपमा उम्मेदवारी नदिन नभनेकाले आफू एक्लै अघि बढेको दाबी गरे ।
महेश बस्नेतको भीम रावल पानीबिनाका माछा हुन् भन्ने टिप्पणी आएको छ नि भन्ने प्रश्नमा उनले भने, “कसले के भन्यो, छाडिदिनुस् । सबैलाई वाक् स्वतन्त्रता छ । म आफ्नो विचारमा दृढ छु । जबजले प्रतिस्पर्धालाई मान्यता दिएको छ । मसँग सिंगो नेकपा एमाले छ । चुन्ने र चुनिने सार्वभौम अधिकार हो । प्रतिनिधिले कसलाई मत हाल्छन्, हेरौं ।”
केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने प्रस्ताव आफ्नो सल्लाहमा नभएकाले त्यसबारे कुनै टिप्पणी नगर्ने उनले बताए । रावलले भने, “मसमेत बसेर नेतृत्व तहमा छलफल भएको होइन । व्यक्तिगत फाइदाका लागि सिद्धान्त, मूल्य र मान्यता नै फेरिदिने रु अहिले पद बढाउने अभियान नै चलेको छ, विधान संशोधनमा मेरो टिप्पणी छैन ।”
चितवनको उद्घाटन सत्रमा उर्लिएको मानव सागर एमालेप्रतिको जनसमर्थन भएको उनले बताए । अध्यक्षमा पराजयसँगै भीम रावल एमालेमा बस्दैनन् भन्ने चर्चा छ नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा उनले भने, “म एमालेलाई अनेकौं कठिनाइबाट बचाएर आएको मानिस हुँ । कुनै पदमा उम्मेदवारी दिनासाथ पार्टी छाड्ने कुरा गर्दा मलाई आश्च
प्रतिकृया