• 4:32 pm

एमाले महाधिवेशन : बन्दसत्र बिहान १० बजे सुरु हुने ,अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

प्रकाशित मिति

२०७८ मंसिर ११ गते, शनिबार ०९:४४

११ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।


एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने जानकारी दिए । ‘उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले मध्यराति सकिएको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए ।


एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

प्रतिकृया