• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न एकजुट हुन आवश्यकः प्रधानमन्त्री देउवा

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०५:५४

९ मंसिर २०७८, काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

National Life

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ ।


देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पु¥याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रुपमा सञ्चालन गरिने उनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री देउवाले यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामनासमेत गरेका छन् । उनल अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगरेका छन् ।


लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वद्र्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकराको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

प्रतिकृया