सांसद प्रदीप यादवलाई जसपा केन्द्रीय सदस्यबाट निस्कासन
प्रकाशित मिति
२०७८ मंसिर ९ गते, बिहीबार ११:२३
९ मंसिर २०७८, काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा, बिरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको थियो । सो पुत्ला दहन यादवकै निर्देशनमा भएको भन्दै पार्टीले कारबाही गरेको हो ।
‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासन गर्ने निर्णय तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने । उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष यादवको जोडबलमा कारबाहीको निर्णय भएको हो ।
कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन्। यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।
सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले जानाकारी दिए ।








प्रतिकृया