• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०७:५८

८ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् ।

National Life

मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम आज आउने छ । देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ ।


जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भएको हो । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुँन गैरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया