• १९ असोज २०८३, सोमबार
  • ५ः१६ बेलुका

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार १०:२४

६ मंसिर २०७८,काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्न लागेको छ । दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज अपरान्ह ३ बजे बस्ने बैठकमा महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुनेछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयनबारेसमेत छलफल हुने छ ।

National Life

पछिल्लो समय नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीमा आकांक्षी बढ्दै गएपछि विधान संशोधन गरेर केही नेताको व्यवस्थापन गर्ने विषयमा छलफल अघि बढेको छ।


महाधिवेशनको उद्घाटन सत्र सुरु हुन पाँच दिन बाँकी हुँदा कसैले पनि औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि पदाधिकारीमा धेरै नेता आकांक्षी देखिएपछि विधान संशोधनबारे छलफल अघि बढेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरू अहिले विधान संशोधन गरेर भए पनि नेताहरूको व्यवस्थापन गर्नुपर्छ भन्ने पक्षमा रहेका छन्। अध्यक्षमा केपी ओलीको विकल्प नभएकाले त्यसबाहेकका पदमा पनि कोहीकसैले उम्मेदवारको मुख खोल्न सकेका छैनन्।

प्रतिकृया