नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ : नैनिसिंह महर
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार ०२:३४
३ मंसिर २०७८, काठमाडौं : नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्ने बताएका छन्। नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति (क)प्रथम क्षेत्रीय अधिवेशन परशुराम नगरपालिका डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त अभिब्गक्ति दिएका हुन् ।
उनले पछिल्लो समय राजनीतिमा नैतिकता ह्रास आइरहेको बताउँदै काँग्रेसको १४ औं महाधिवेशनले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गरे। ‘अहिले जताततै नैतिकता नै आवश्यक छ। नैतिकता व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ। मलाई विश्वास छ काँग्रेसको १४ औं महाधिवेशनले त्यो खाडललाई पूर्ति गर्नेछ,’ उनले भने।
काँग्रेसको १४ औं महाधिवेशनमा नेताहरूले प्रस्ट खाकासहित रूपान्तरणको एजेन्डा बोकेर अगाडि बढ्नुपर्ने महरको भनाइ छ। काँग्रेसलाई भरोसायोग्य पार्टी बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले भने, ‘नेताहरूको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ। त्यसलाई अन्त्य गर्नुपर्छ। त्यसका लागि गुटरहित काँग्रेस हुनुपर्छ।’
उनले १४ औं महाधिवेशनलाई ध्रुवीकरणरहित महाधिवेशन बनाउनुपर्ने बताए । उनले त्यसका लागि पुराना नेताहरूले युवा पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने बताए । महरले नेताहरूमा पद लुप्तता हुन नहुने धारणा राखे । काँग्रेसका सबै तहमा एक व्यक्ति एक पद, दुई पटक मात्र बस्न पाउने वैधानिक व्यवस्था गर्नुपर्दछ। एक व्यक्तिले दुई पटक भन्दा एउटा पदमा धेरै आकांक्षा गर्नु राम्रो होइन,’ उनले भने।






प्रतिकृया