• २१ असोज २०८३, बुधबार
  • १२ः५४ राती

रसियाले भारतलाई दियो एस–४०० हतियार प्रणाली

प्रकाशित मिति

२०७८ मंसिर १ गते, बुधबार ११:१९

१ मंसिर, २०७८ काठमाडौँ :  नयाँ दिल्ली – रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ। भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो।

National Life

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो। यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँँदै भारततर्फ आउँदैछन्।


हतियार प्रणालीलाई सन् २०२२ को अप्रिल महिनासम्ममा चीन र पाकिस्तानसँगको सीमामा राखिने भारतको तयारी छ। रणनीतिक महत्वको पश्चिमी क्षेत्रबाट सो प्रणालीले चीन र पाकिस्तानको सम्भावित जोखिमलाई निस्तेज पार्ने विज्ञहरुले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘रसियाले एस ४०० वायु रक्षा प्रणाली भारतलाई प्रदान गरेको छ। पहिलो इकाई छिट्टै नयाँ दिल्ली पुग्नेछ’, रसियाको फेडरल सर्भिस फर मिलटरी टेक्निकल कोअपरेसन ९एफएसएमटीसी० का निर्देशक दिमित्रे शुगेभले भने। एफएसएमटीसीलाई रसिया महासंघले व्यवस्थापन गर्छ।


यही ६ डिसेम्बरमा आयोजना हुने वार्षिक भारत–रसिया सम्मेलनका लागि पुटिन नयाँ दिल्ली आउँदैछन्। एक दिवसीय भ्रमणका अवसरमा भारत र रसियाबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन्।


पुटिनले वार्षिक सम्मेलनका अवसरमा सन् २०१८ मा भारतको भ्रमण गरेका थिए। सो भ्रमणका अवसरमा एस–४०० प्रणाली सम्झौताबारे दुई देशबीच हस्ताक्षर भएको थियो। मस्को नयाँ दिल्लीको ठूलो रक्षा साझेदार देश हो।


के हो एस– ४०० प्रणाली ?
यो सन् १९९० को मध्यतिर रसियाको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मारिन इन्जिनियरिङले विकसित गरेको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली हो। एस–४०० मा ८ देखि १० ओटासम्म लन्चर र आवश्यकताअनुसार क्षेप्यास्त्र जडान गरिएका हुन्छन्।


यसले शत्रुको लडाकू विमान, ब्यालिस्टिक मिसाइल र क्रुजजस्ता क्षेप्यास्त्रलाई टाढाबाट ध्वस्त पार्न सक्छ। ४०० किलोमिटर टाढाबाट मार हान्न सक्ने भएकोले यसलाई एस–४०० नाम दिइएको हो।


यसले एकैपटकमा ३६ वटा क्षेत्रमा निशान बनाउन सक्छ। शत्रुले आकाशमा प्रहार गरेको क्षेप्यास्त्रलाई पहिचान गर्न सक्नु यो प्रणालीको मुख्य विशेषता हो। रसियाले यो प्रणाली अमेरिकी लडाकू विमान र क्षेप्यास्त्रहरूलाई पत्ता लगाएर ध्वस्त पार्न बनाएको हो। त्यही भएर अहिले भारतसँग अमेरिका चिढिएको छ।


यो प्रणालीले एसियामा नै भारतलाई रक्षाका दृष्टिले बलियो बनाउने विज्ञहरुको भनाइ छ। एस–४०० हतियार प्रणाली चीनसँग पनि छ। चीनले तिब्बत नजिकै पर्ने सिचुआन प्रान्तको एउटा हवाई आधारमा यो प्रणाली तैथान गरेको छ।

प्रतिकृया