• २० असोज २०८३, मंगलबार
  • ११ः५७ राती

पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०५:०७

२९ कार्तिक, २०७८ काठमाडौँ :  पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्।


यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल ९८ जना क्वारेन्टाइनमा छन्। २२५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया