• २१ असोज २०८३, बुधबार
  • ५ः४७ बिहान

१२औं तहमा को-को होलान् सिफारिस ? आज बढुवा समितिको बैठक बस्दै

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १२:३७

२९ कार्तिक, २०७८ काठमाडौँ : स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह) को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया अगाडि बढ्ने भएको छ। बढुवा समितिको बैठक आज बस्ने भएको छ। बढुवा समितिको आज बस्ने बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने छ।

National Life

समितिको यसअघि कात्तिक १६ र १७ गते दुई दिन बैठक बसेको थियो। तर बैठकले सम्भावित कर्मचारीको नाम सिफारिस गर्न सकेको थिएन।तिहार लगत्तै बठैक बसेर नाम टुंगो लगाउन भनिए पनि समितिका एक जना सदस्य बिदा बसेका कारण केही दिन काम रोकिएको थियो,समितिका एक सदस्यले भने, बिदामा बस्नु भएका सदस्य फर्किएपछि आज बैठक बस्न लागेको हो।


बढुवा समितिमा लोकसेवा आयोगका पदाधिकारी, मुख्य सचिव, कानुन सचिव, स्वास्थ्य सचिव रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२‍औं तहको तीन वटा पद रिक्त छ। रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्। आवेदनमध्ये समितिले पाँच जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। ती पाँचजनामध्ये तीन जना १२औं तहमा बढुवा हुने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

१२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो। २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवामा आवेदन दिएका हुन्।


यी हुन् आवेदन दिने २१ कर्मचारी
डा. भिमसिंह टिंकरी
डा .गुणराज लोहनी
डा .तारानाथ पोखरेल
डा .संगिता कौशल मिश्रा
डा .कृष्ण प्रसाद पौडेल
डा .वासुदेव जनार्दन प्रसाद उपाध्याय
डा .विकास देवकोटा
डा .संजय कुमार ठाकुर
डा .श्याम सुन्दर यादव
डा .दिप थापा मगर
डा .श्रीकृष्ण श्रेष्ठ
डा .सुधा देवकोटा
डा .आमिर बाबू श्रेष्ठ
डा .रघुनन्दन ब्याजु
डा .टंक प्रसाद बाराकोटी
डा .प्रभा चापागाईं कोइराला
गोमादेवी निरौला
डा .शैली प्रधान
डा .आरपी बिच्छा
डा .सुदेश सुवेदी
सुनिलराज शर्मा

प्रतिकृया