• २० असोज २०८३, मंगलबार
  • ९ः४० राती

एमाले महाधिवेशनका लागि अखिलबाट चुनिए पाँच प्रतिनिधि

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०५:१९

२७ कार्तिक, २०७८ काठमाडौँ : नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच प्रतिनिधि चुनिएका छन् । अखिल अध्यक्ष सुनिता बरालका अनुसार स्वयम् बरालसँगै विद्यार्थी नेताहरु आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल र निशा अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

National Life

सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरिएको बरालले जानकारी दिइन् । महाधिवेशनका लागि एमालेले भूगोलसँगै जनवर्गीय संगठनबाट धमाधम प्रतिनिधि चयन गरिरहेको छ । महाधिवेशन तालिकाअनुसार आज देशै महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । केही स्थानमा भने आकांक्षी धेरै भएकाले प्रतिनिधि चुन्न कठिन भइरहेको छ ।

प्रतिकृया