• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

प्रधानन्यायाधीशलाई भोलिदेखि सर्वोच्चमा पस्न दिँदैनौँ– बार अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार १२:५७

२५ कार्तिक, २०७८ काठमाडौँ : नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

National Life

नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।


नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘अहिलेका प्रधानन्यायाधीश विचौलियाका नाइके भएका छन् । हामीलाई शुद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिन्छ । यस्तो प्रधानन्यायाधीश जबसम्म ल्याउन सकिँदैन तब सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले भोलि १० बजे नै सर्वोच्च अदालत परिसरमा सम्पूर्ण कानून व्यवसायी भेला भएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।

प्रतिकृया