• 2:58 pm

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप, बारका महासचिवसहित केही घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार १२:३२

२५ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्नामा पुगेका कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा झडप भएको छ । आन्दोलित कानून व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो ।


प्रहरीको कुटाइबाट नेपाल बार एशोसियसका महासचिव लीलामणि पौडेल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य रमन कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।

प्रतिकृया